१ सय ४१ महिलाले पाए निःशुल्क सेवा

दैलेख : महिलाहरुको पाठेघर सम्बन्धी देखिएका समस्या समाधानका लागि दैलेखको त्रिबेणी स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा १ सय ४१ जना महिलाहरुले सेवा लिएका छन् ।
ग्लोवन आईएमई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘मेरो उनीलाई स्वस्थ नारी पहल’ कार्यक्रमको आयोजना गरी शिविर गरिएको हो । दैलेखको नारायण नगरपालिका वडा ५ को त्रिवेणी स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टरद्धारा निःशुल्क पाठेघर शिविर सञ्चालन पछि पाठेघरको समस्या भएका महिलाहरुले गाउँघरमै निःशुल्क सेवा पाएका छन् । स्त्रीरोग बिशेषज्ञ डाक्टर अभिलासा नगरकोटीको टोलिले शिविरमा स्वास्थ्य जाँच गरेको थियो ।
शिविरको आयोजकका रुपमा ग्लोवल आईएमई बैंक रहेको र प्राविधिक सहयोग परिवार नियोजन संघ दैलेखले गरेको परिवार नियोजन संघका कार्यालय प्रमुख हरि विष्टले जानकारी दिएका छन् ।
केन्द्र देखिनै परिवार नियोजन संघ सँग समन्वय गरेर देशका दुर्गम स्थानहरुमा निःशुल्क शिविर सञ्चालन गरिएको विष्टले जानकारी दिएका छन् ।
दुर्गम बस्तिका महिलाहरु आफ्नो समस्या भन्न नसक्ने, पाठेघरको सामान्य समस्या भन्न नसक्ने र समस्या जटिल भईसकेपछि उपचारमा समस्या हुने भएपछि बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका महिलाहरुलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको शाखा प्रर्वन्धक अरुण उपाध्यायले जानकारी दिएका छन् ।
आर्थिक अभावका कारण जिल्ला बाहिर जान नसकेका पाठेघरको समस्या भएका महिलाहरुले गाउँमै सुविधा प्राप्त भएपछि खुसी देखिएका छन् । शिविरको समन्वय त्रिवेणी स्वास्थ्य चौकी र नारायण नगरपालिका दैलेखले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार